Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै घटना सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहँदा यसमा सामेल भएकी छन् पुनम पान्डे । कसैले पत्याओस वा नपत्याओस, पुनमले पनि आफूमाथि फिल्मको सुटिङका क्रममा प्रौढ अभिनेताले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

उनका अनुसार यो घटना उनले अभिनय गरेको फिल्म ‘द जर्नी अफ कर्मा’ को सुटिङका क्रममा भएको हो । यो फिल्ममा उनको शक्तिकपुरसँग बेड सिन थियो । शक्तिको नाम नलिइकन पुनमले लेखेकी छन्, ‘ती वृद्ध अभिनेतासँगको बेडसिन अहिले पनि सम्भिmरहेकी छु । सुटिङ गर्दा उनी यस्तो मुडमा थिए, मानौं हामी साँच्चिकै सेक्स गर्न गइरहेका छौं । मलाई साह्रै असहज भएको थियो ।’

पुनम स्वयम् चरित्रहिन रहेको आरोप लाग्ने गरेको छ । उनी सामाजिक सञ्जालमा आफ्ना अर्धनग्न तस्वीरहरु सार्वजनिक गरिरहन्छिन् । चर्चाका लागि जेसुकै हर्कत गर्न तयार हुने पुनमले शक्ति कपुरमाथि लगाएको आरोप पनि एउटा फन्डा हुन सक्ने कतिपयको आशंका छ ।

शक्ति कपुर पनि सही नियतका मान्छे भने होइनन् । उनले अभिनेत्रीहरुमाथि गलत नजर लगाउने गरेको बारम्बार सार्वजनिक हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed