Breaking News.... EverestOnlineKhabar
May 3, 2026

बास्तोलाको निधनमा कांग्रेसले १३ दिनसम्म शोक मनाउने

Loading

काठमाडौं । कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधनमा नेपाली कांग्रेसले १३ दिनसम्म शोक मनाउने भएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय समिति बैठकले ३ दिनसम्म केन्द्रीय तथा मातहत र जिल्लाका सबै पार्टी कार्यालयको झन्डा आधा झुकाउने,  सोमबार मातहत र जिल्लाका सबै पार्टी कार्यालहरू बन्द गर्ने र १३ दिनसम्म सबै पार्टी कार्यालयहरूमा शोक पुस्तिका राख्‍ने निर्णय गरेको छ।

यसैगरी, नेपाली कांग्रेसले कात्तिक ७ गतेका लागि गर्ने भनेको चियापान कार्यक्रम कार्तिक १६ गते गर्ने भएको छ। बास्तोलाको अस्तु सोमबार झापाको कनकाई नदीमा लगेर सेलाइने कांग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए। कांग्रेस नेता बास्तोलाको शनिबार राती आफ्नै निवासमा निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed