![]()
जनकपुर। एक बालिकालाई बलात्कारपछि हत्या गरेका दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरि धनुषाको औरही गाउँपालिका वडा नं. २ स्थित परवहा गाउँ बस्ने १० वर्षीय मनिका यादवलाई अभियुक्तहरुले पहिला १० रुपैयाँ र एउटा चाउचाउको प्रलोभन दिई बलात्कारपछि हत्या गर्ने दुईजनालाई सार्वजनिक गरेको हो ।
घटनामा संलग्न रहेको अभियोगमा औरही गाउँपालिका वडा नं. ३ का ३२ वर्षीय विनोद मुखिया र वडा नं. ५ का २३ वर्षीय नथुनी पण्डित कुम्हार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी गराए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा ऐन अन्तर्गत अभियोगपत्र दायर गर्ने तयारी भएको जानकारी दिए ।
शुक्रबार बेलुका अन्दाजी ७ बजे ती दुई अभियुक्त मुखिया र पण्डितले एक भट्टीमासँगै रक्सी खाएर योजना बनाएको भनि प्रहरीले बताए । रक्सील्मे मातेका ती दुवै जनाले मेलाबाट बालिकालाई फकाउनका लागि उनीहरुले करिब ४–५ जना बच्चालाई फकाई फुल्याई गरे । तर कोही उनीहरुसँग जान मानेनन् ।
त्यसपछि अभियुक्त मुखियाले आफ्नो छिमेकी रहेको मनिका यादवलाई मेलामा अन्य बच्चाहरुसँग खेलेको देखे । र उनले त्यही योजना बुन्दै बालिका मनिकालाई चाउचाउ र १० रुपैयाँ दिएर मेला भन्दा करिब १ किलोमिटर पर लागि बलात्कार गरेको कुरा अभियुक्तले पत्रकार सम्मलेनमा ती दुवैले स्वीकार समेत गरे । बलात्कारकै क्रममा बालिका मनिका चिच्याउँदै गरेकोले मुख थुन्ने क्रममा बालिकाको मृत्यु भएको स्वीकार गरेका छन् ।
मृत्यु भएको यकिन गर्न अर्को पटक घटना स्थल पुग्दा मृत बालिकालाई धान खेतमा माटो खनी मुख छोप्ने अभिप्रायले गाडेर भागेका थिए । औरही गाउँपालिका वडा नम्बर २ को देउरी परवाहाको कप्टौल जाने बाटोमा दशैंमा दुर्गाको प्रतिमा हेर्न घरबाट निस्केकी बालिकालाई योजना अनुसार लगिएको थियो । शुक्रबार राति ७ बजेबाट बालिका हराए पनि ९ बजेबाट घरपरिवार तथा स्थानीयले बालिकाको खोज तलास गरेपनि नभेटिएपछि शनिवार विहान ९ बजे प्रहरीमा उजूरी गरेका थिए ।
यी अभियुक्त मध्ये मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाट सम्बन्धी मुद्दामा १० वर्षको जेल सजायमा ३ वर्षमा निस्केका थिए


