![]()
एजेन्सी । जमैकन धावक उसेन बोल्टले फुटबलमा सनसनिपुर्ण प्रदर्शन गरेका छन्। विश्वकै सर्वाधिक छिटो मानिसका रुपमा रहेका बोल्टले व्यावसायिक फुटबल करियरको लागि अष्ट्रेलियामा भएको खेलमा सनसनिपुर्ण दुई गोल गरे।
अष्ट्रेलियाको शीर्ष डिभिजन क्लबबाट खेलेका बोल्टको पहिलो गोल सनसनिपुर्ण रहँदा दोस्रो गोल रोमाञ्चक देखियो। बोल्टले अष्ट्रेलियाको ए डिभिजनको क्लब सेन्ट्रल कोष्ट मरिनर्सबाट पहिलो खेल खेलेका हुन्। म्याकर्थर साउथ वेष्टविरुद्ध मैत्रीपूर्ण खेलमा बोल्टले दुई गोल गरे। उक्त खेलमा बोल्टको टिम सेन्ट्रल कोष्टले ४–० को जित निकालेको थियो। जितपछि बोल्टले आफ्नो ट्रेडमार्क लाइटनिङ पोज दिएका थिए। बोल्टको यो पहिलो खेल समेत रहेको थियो।
खेलपछि बोल्टले सुरुवातमै दुई गोल गर्दा आफुलाई निकै खुसी लागेको बताए । मेरो पहिलो सुरुवात र दुई गोल, यो मेरो लागि निकै राम्रो हो, बोल्टले भने, म यस क्लबमा रहदा खुसी छु र म आफुलाई सुधार गर्दै लैजाने छु। आठ पटकको ओलम्पिक च्याम्पियन बोल्ट गत अगष्टबाट यस क्लबमा आबद्ध भएका थिए।
बोल्टलाई सेन्ट्रल कोष्टले अनिश्चितकालका लागि टिममा राखेको हो ।


