Breaking News.... EverestOnlineKhabar
May 3, 2026

युगाण्डाको पूर्वी क्षेत्रमा पहिरोमा परी ३४ जनाको मृत्यु

Loading

बीबीसी । युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले  जनाएका छन् ।

बुडुडा जिल्लाको बुकालासीमा भएको घटनामा परेकाहरुलाई उद्धारका लागि स्थानीय उद्धारकर्ताहरु खटिएका थिए । उद्धारकर्मीहरुले पहिरोमा परेर अरू कति जना हराइरहेका छन् भन्ने बारेमा यकिन नभएको बताएका छन् ।

बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यका लागि आवश्यक सम्पू्र्ण प्रयास भइरहेको छ । अत्यधिक वर्षापछि आएको बाढीले नदीको बहाब पनि बढाएर पहिरो खसेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

पहिरोसँगै ठूलाठूला र धेरै ढुङ्गासमेत रहेकाले धेरै असर परेको र उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed