Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं। आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह ‘बी’ मा नेपालले सुरुवाती पाँच खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ।

मलेसियामा भइरहेको प्रतियोगितामा नेपाल जस्तै सिंगापुरले पनि सुरुवाती पाँचै खेल जितेको छ। नेपालसँगै सिंगापुरले पनि विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाइसकेको छ। नेपाल र सिंगापुरको समान १०–१० अंक छ। नेट रनरेटमा भने नेपालले सिंगापुरलाई पछि पारेको छ।

यस्तो अवस्थामा नेपाल र सिंगापुरबीच शुक्रबार मलेसियाको बायुमास ओभलमा मध्याह्न सवा १२ बजे खेल हुँदैछ। लिगको यो अन्तिम खेल फाइनल जस्तै हुनेछ।  किनकी खेल जित्ने टिम आइसिसी विश्व टी–२० एसिया क्षेत्रीय समूह ‘बी’ को च्याम्पियन बन्ने छ।

नेपालले म्यानमारलाई २९ रन, मलेसियालाई १०० रन, थाइल्यान्डलाई १८ रन, भुटानलाई ३३ रन र चीनलाई २९ रनमै रोकेको थियो। नेपालका सन्दीप लामिछानेले ५ खेलमा २० विकेट लिइसकेका छन्। यस्तै ललितनारायण राजवंशीले पनि ९ विकेट हात पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed