![]()
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको अन्तिम संस्कार गरिएको छ। बोगटीको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो। बोगटीलाई श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिएको थियो।
उनलाई श्रद्धाञ्जलि दिनका लागि तुलसी घिमिरे, शोभित बस्नेत, रमेश उप्रेती लगायत धेरै कलाकार उपस्थित भएका थिए। कलाकार बोगटीको अन्त्यष्टि हुँदै गर्दा कलाकारहरुबीच रुवाबासी चलेको थियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको असोज २३ गते निधन भएको थियो ।
टिकाथलीको घर नजिकै रुख काटेको हेर्न गएका बोगटीलाई रुखसँगै ढलेको पोलले लागेको थियो। पोलले लागेर घाइते भएका बोगटीलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो।


