Breaking News.... EverestOnlineKhabar
April 30, 2026

रुपन्देहीमा १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

Loading

रुपन्देही ।रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा  किशोरी बलात्कृत भएकी हुन् । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० का ३५ वर्षीय उदय थापा र वुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापा छन् ।

उनीहरुले बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पु‍¥याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ ।

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम प्रहरीले जनाएको छ । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed