![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं ७ बाट निर्वाचित सांसद रामबीर मानन्धरलाई राजीनामा गराएर निर्वाचनमा पराजित बामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । यसका लागि मानन्धरलाई राजीनामा दिन बाध्य बनाइएको छ ।
डोल्पा, हुम्ला, ताप्लेजुङ लगायतका जिल्लाबाट निर्वाचन लडाउने प्रयास असफल भएपछि गौतमलाई काठमाडौं ७ बाट उम्मेदवार बनाउन खोजिएको हो । यसका लागि मानन्धरले राजीनामा दिइसकेका छन ।
मानन्धरले राष्ट्रियसभा सदस्य बनाइ आफूलाई मन्त्री बनाउनुपर्ने शर्त राखेको बुझिएको छ । पार्टी भित्रै कतिपय नेताहरुले जनमतको अपमान भएको भन्दै यो निर्णयको बिरोध गरेका छन ।


