Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सुपथ मूल्यका सामान बढीभन्दा बढी उपलब्ध गराउन सरकारलाई अर्थ समितिको निर्देशन

Loading

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिले दशैंमा सुपथ मूल्यका बस्तु आम उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।  समितिको  सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका बस्तु सहज रुपमा आमउपभोक्तालाई उपलब्ध गराउन  निर्देशन दिएको हो।

समितिले दशैं, तिहारजस्ता चाडपर्वका बेला उपभोक्तालाई मारमा पार्ने गरी मूल्य वृद्धि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ।  बैठकमा समितिका सदस्यहरुले सरकारलाई गलत बाटोमा जान नदिन चनाखो हुनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed