![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष दाहालकै पहलमा भेटवार्ता भएको हो ।
ललितपुरस्थित नेकपाका नेता कृष्णलाल महर्जनको निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टीभित्रका समस्या, सरकारले गरेका कामलगायतका विषयमा छलफल भएको छ । भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने अवस्था देखिएको र सरकारले समेत प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका थिए ।
उनले पार्टी एकीकरण प्रक्रिया अझै टुंगि नसकेको अवस्थामा सबै कार्यकर्ताको भावनालाई बुझेर मात्र नेतृत्वले निर्णय गर्नुपर्नेमा जथाभावी निर्णय हुन थालेको भन्दै असन्तुष्टि जनाएका थिए । जवाफमा अध्यक्ष दाहालले पार्टीभित्रका आन्तरिक विवादलाई छलफलबाटै टुंगो लगाइने बताएका थिए ।


