Breaking News.... EverestOnlineKhabar
May 1, 2026

छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिने राजपाको चेतावनी

Loading

काठमाडौँ ।  राष्ट्रिय जनता पार्टीले संविधान संशोधनका लागि सरकारलाई छठसम्मको अल्टिमेटम दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माणका बेला आफूसँग गरेको तीन बुँदे सहमति स्मरण गराउँदै राजपाले छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपा अध्यक्ष मण्डलका नेताहरुले आफूसँग गरेको सहमतिप्रति गम्भीर बन्न आग्रह गरेका हुन् । २०७४ फागुन ३ गते प्रधानमन्त्री पदको शपथ लिनुअघि प्रधानमन्त्री ओलीले राजपासँग संविधान संशोधन गर्नेसहितका तीन बुँदे सहमित गरेको गरेका थिए ।

राजपाले यसअघि पटक पटक सहमति अुनसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन आग्रह गर्दैै आए पनि छठसम्मको अल्टिमेटम दिएको हो । यसअघि साउन ३ गते पनि राजपा नेताहरुले प्रधानमन्त्रीलाई संविधान संशोधनप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed