Breaking News.... EverestOnlineKhabar
May 2, 2026

भुटानबिरुद्ध प्रदीप ऐरीको नटआउट ७५ रनको योगदान, बने ‘म्यान अफ द म्याच’

Loading

एजेन्सी । आइसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह ‘बि’को आफ्नो चौथो खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुुमाउँदै १५० रन बनाएको हो ।

नेपालले १५० रन बनाउने क्रममा नेपाल ओपनिङ ब्याट्सम्यान प्रदिप ऐरीले नटआउट ६ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाए । त्यस्तै नेपालका लागि अर्का ब्याट्सम्यान अनिलकुमार शाहले २७ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १५, आरिफ शेखले १३ र करन केसीले नटआउट ११ रन बनाएका थिए ।

त्यस्तै बलिङतर्फ भुटानका थिन्ले जम्त्सो, सञ्जेभन गुरुङ, जिग्मी सिन्ग्या र रमेश लिम्बुले समान एक—एक विकेट लिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed