![]()
काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रमले थप निरन्तरता पाएको छ । डलरको भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको डलरको भाउ १ बराबर १ सय १८ रुपैयाँ ८० पैसा छ । यसको अर्थ नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर सावित भएको अवस्था हो ।
आइतबार र सोमबार १ अमेरिकी डलर खरिद गर्न १ सय १८ रुपैयाँ ३३ पैसा खर्चनुपथ्र्यो भने आज यसमा थप ५० पैसा महँगो हुन पुगेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारका लागि १ डलरबराबर १ सय १८ रुपैयाँ ८० पैसा खरिद दर र १ सय १८ रुपैयाँ २० पैसा बिक्री दर तोकिएको छ । यो भनेको डलरको भाउ हालसम्मकै सर्वाधिक महँगो भएको रेकर्ड हो । पछिल्ला केही दिन तलमाथि भइरहेको डलर भाउ असोज १८ मा १ बराबर १ सय १७ रुपैयाँ ६५ पैसा थियो ।


