Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा  भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ ।  स्थानीय अधिकारीहरुले राजधानी कीभबाट करिब १७० किलोमिटर उत्तर इचन्या सहर नजिक भएको उक्त दुर्घटनाबाट कसैको मृत्यु वा घाइते भएको विवरण भने प्राप्त नभएको जनाएका छन् ।

युक्रेनी प्रधानमन्त्री भोलोडीमीर ग्रोइस्म्यानले ट्वीट गर्दै आफू उक्त क्षेत्रको भ्रमणमा जान लागेको र आपतकालीन उद्धारका कार्यहरु शुरु भइसकेको बताएका छन् ।

सेनाको हतियार भण्डारमा  आगलागी र बिस्फोट भएको, तथा यो करिब सात सय हेक्टरमा फैलिएको थियो ।  जोखिममा रहेका करिब १० हजार मानिसलाई अन्यन्त्र सार्नुपरेको अधिकारीहरुले बताएका छन् ।

युक्रेनी सैनिक हातहतियार भण्डारमा तीन वर्षको अवधिमा भएको यो छैटौं ठूलो आगलागी हो । सन् २०१७ मार्चमा पनि पूर्वी युक्रेनको बालाक्लीया सहरमा रहेको सैनिक हतियार भण्डारमा बिस्फोट र आगलागी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed