Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सरकार र आन्दोलनरत राहत शिक्षकबीच तीन बुँदे सहमति

Loading

काठमाडौं । सरकार र आन्दोलनरत सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकबीच तीन बुँदे सहमति भएको छ। सोमबार शिक्षा विकास तथा मानव स्रोत केन्द्र भक्तपुरमा भएको वार्तामा राहत शिक्षकसँग तीन बुँदे सहमति भएको हो।

आफूहरुलाई स्वतः स्थायी गर्नु पर्ने माग गर्दै करिब ४० हजार सामुदायिक विद्यालयका राहत शिक्षकहरु केही दिनयता आन्दोलनमा उत्रिँदै आएका थिए।

वार्तामा राहत शिक्षकका माग संघीय शिक्षा ऐनको विधेयकको मस्यौदामा समावेश गर्ने, राहत र अनुदान कोटाका शिक्षकलाई अस्थायी शिक्षक सरह अवसर दिन मन्त्रालयको संवाद समितिमा छलफल गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

तीन बुँदे सहमतिसँगै राहत शिक्षकहरुले जारी आन्दोलन फिर्ता लिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed