![]()
बीबीसी । साइबर सेक्युरिटी फर्म म्याक्याफेले हालै सेलिब्रिटीहरुको एक सुची जारी गरेको छ, जसको नाम सर्च गर्दा कयौं खतरनाक लिंक पनि खुल्ने सम्भावना हुन्छ । यस्ता लिंकले कम्युटरमा समस्या आउन सक्छ ।
म्याक्याफेको यो लिस्टमा सबैभन्दा शीर्ष स्थानमा क्रेग डेभिड थिए, अहिले भने किम । यो सूचीमा सुपरमोडल नाओमी क्याम्पबेल दोस्रो स्थानमा र किमकी बहिनी कोर्टनी कादर्शियान तेस्रो सूचीमा छिन् । यस्तै, चौथो नम्बरमा बेलायती गायक एडेल र पाँचौ नम्बरमा क्यारोलिन फ्लेक छन् । यी पाँचै सेलिब्रिटीको नाम इन्टरनेटमा सर्च गर्नु खतरनाक भएको म्याक्याफेको भनाइ छ ।
नाम क्लिक गर्दा खतरनाक वेबसाइट्समा पुुग्ने सेलिब्रिटीमा रोज ब्रायन, ब्रिटनी स्पीयर्स, एमा रोबटर््स् र स्टार फ्रेन म्याकेनको नाम हुन्छ । म्याक्याफेले सधैं विश्वसनीय वेबसाइटमा भिडियो हेर्न र स्रोत विश्वस्त भएका वेबसाइटमात्र हेर्न प्रयोगकर्तालाई सल्लाह दिएको छ । यसका अलावा एन्टीभाइरसलाई पनि अपडेट राख्न सल्लाह दिएको छ ।


