Breaking News.... EverestOnlineKhabar
May 1, 2026

राष्ट्रियसभामा मनपरी,११ वटा विधेयक छलफल नै नगरी पारित

Loading

काठमाडौँ  । राष्ट्रिय सभाले ११ वटा महत्वपूर्ण विधेयकहरु छलफल नै नगरी पारित गरेको नेपाली कांग्रेसबाट सांसद रहेका राधेश्याम अधिकारीले बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजको प्रशिक्षण कार्यक्रममा कानुनविद् समेत रहेका राष्ट्रिय सभा सदस्य अधिकारीले प्रतिनिधि सभाबाट पारित भएका ती विधेयकहरु राष्ट्रिय सभामा छलफल नै नभई पारित भएको जानकारी दिए।

संसद्को दुवै सदनमा विधेयक बारे छुट्टाछुट्टै छलफल पछि पारित गर्ने प्रावधान भए पनि राष्ट्रिय सभाले समय अभावका कारण छलफल बिना नै पारित गरेको उनले भने। जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन–२०६८ लाई संशोधन गर्न बनेको विधेयक,

सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अनिवार्य तथा नि:शुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, रोगजारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफल विना नै पारित गरिएकाे छ।

यस्तै, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि छलफल नै नगरी पारित गरिएकाे सा‌ंसद अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed