Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । क्यारिबियन मुलुक हेइटीमा भूकम्प जाँदा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

दुई लाखभन्दा बढी मानिसहरूको ज्यान जाने गरी सन् २०१० मा हेइटीमा गएको भूकम्पपछिको यो शक्तिशाली भएको बताइएको छ। कैयौँ भवनमा क्षति पुगेको विवरण प्राप्त भएका छन्। राष्ट्रपति जोभ्नेल मोइसले मानिसहरूलाई संयमित रहन आग्रह गरेका छन्।

सरकारका प्रवक्ता एड्डी ज्याक्सन एलेक्सिसले विपद्को अवस्थासँग जुझ्न एउटा कार्यदल गठन गरिएको बताएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार पोर-ड-पे शहरदेखि करिब १९ किलोमिटर उत्तर-पश्चिममा केन्द्रविन्दु बनाइ शनिवार अबेर राति भूकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed