![]()
बीबीसी । थाइल्याण्डका राजा महा भाजिरालोङकोर्न र उनका परिवारका लागि झण्डै एक हजार ६०० सुरक्षाकर्मी खटाइएको छ। राजा र परिवारका लागि उक्त सङ्ख्यामा सुरक्षाकर्मीहरु खटाइएको छ।
थाइल्याण्डको राजसंस्थालाई उच्च सम्मानकासाथ हेरिन्छ। त्यसैले त्यही अनुसारको सुरक्षा व्यवस्था गरिएको छ सुरक्षा प्रमुखले जनाएको छ। थाइल्याण्डका जनताले अति आदर गर्ने तत्कालीन राजा भूमिबोलको निधन भएपछि अहिले उनका छोरा राजा बनेका हुन्। स्वघोषित विषेश सेवा विभाग नवनियुक्त प्रमुख तोर्साक सुक्भीमोलले दिएको जानकारीअनुसार हालै मात्र ४०० सुरक्षाकर्मीहरु थपिएका छन्।
थपिएका सुरक्षाकर्मीहरु अपराध नियन्त्रण विभागबाट ल्याइएको उनले जानकारी दिए। उनीहरुलाई शाही परिवारको सुरक्षा र संस्कारबारे प्रशिक्षित गरिएको छ। ‘अहिले थपिएका सहित गरेर कुल सुरक्षाकर्मीहरुको संख्या एक हजार ६१७ पुगेको छ’ तोर्साकले भने। उनीहरुले करिब पाँच वर्ष त्यहाँ सेवा गर्ने बताइएको छ। शाही सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई दश उप विभागमा विभाजन गरेर जिम्मेवारी दिइएको छ।


