Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्णबिराम लागेको छ । मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएका छन् ।

पछिल्ला दिनहरुमा टाइगर दिशाको बानीव्यहोरासग आजित बन्दै गएका थिए । दिशाले टाइगरमाथि लगभग ‘राणाशासन’ नै लगाएकी थिइन् । टाइगरले अरु केटीहरुसग हासोठट्टा गरेको समेत दिशाले सहन सक्थिनन् । टाइगरको मोबाइल म्यासेज उनी सधै चेक गर्थिन् ।

दिशाकै दवावका कारण टाइगरले कुनै पनि फिल्ममा किसिङ सिन नदिने प्रतिबद्धता जनाउनु परेको थियो । यता दिशा आफू भने निकै उछृंखल लुगा लगाएर हिड्छिन् र फिल्ममा इन्टिमेट सिन दिन पनि तयार हुन्छिन् ।

मतभेद बढेपछि उनीहरुले यसलाई सुल्झाउने प्रयास नगरेका होइनन् । तर, बारम्बारको छलफलपछि पनि उनीहरुबीच समझदारी कायम हुन सकेन ।  प्रेम टुटे पनि मित्रवत् सम्वन्ध भने कायम राख्न दुवै तयार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed