![]()
एजेन्सी । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका छन्। मलेसियाविरुद्धको खेलमा आफ्नो स्पेल पुरा गरेका सन्दिपले २० रन खर्चिएर ५ जना ब्याट्सम्यानलाई पभेलियन पठाएका थिए।
सन्दीपले ४ ओभर बलिङ गर्दा १४ बल डट फालेका थिए । २० मध्य १२ रन ३ चौकाबाट आएको थियो। सन्दिपले घातक बलिङ गर्दै सफिक सरिफलाई आउट गरे।
मलेसियाले लगातार विकेट गुमाउँदा पनि उनी क्रिजमा रहन सफल हुँदै अर्धसतक नजिक पुगेका थिए। उनलाई सन्दीपले ४९ रनमा आउट गरे। यसैगरी सायद अजिज,सुहाम अल्गारथम, विरेनदीप र सेजरुल इन्द्रुसलाई उनले आउट गरेका थिए।


