![]()
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामले अब गति लिने दाबी गरेका छन् । सरकरको काम कारबाहीबारे पार्टी र बाहिर गुनासो बढेकाले पार्टी र विभिन्न पक्षसँग छलफल गरेर अझ गति दिन आफूहरू प्रतिवद्ध रहेको बताएका हुन् ।
दशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उनले भने , ‘सरकारको कामलाई प्रभावकारी बनाउ न हामी समीक्षा गर्दैछौँ, मानिसले विभिन्न प्रश्न उठाएका छन्, तर हामी सबै एकै ठाउँमा छौं, समृद्धि, सामाजिक, न्याय र सुशासनको विषयमा सैद्धान्तिक र राजनीतिक रूपमा कुनै द्वीविधामा छैन तर, त्यसलाई कार्यान्वयनको प्रभावकारिता ठीक ढंगले जनताले महसुस गर्ने गरी कार्यान्वयनको चुनौतीलाई सँगै अगाडि बढाउँछौ।’
‘एकतामा कुनै समस्या छैन । पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन संगठनको एकता टुंग्याउँछौं, दाहालले भने ।


