![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौं सुन्धरामा संचालित मेला बजारको उद्घाटन गर्नुभएको छ । खनालले बिहीबार एक समारोहकाबीच व्यवसायी शिवहरी अर्यालद्वारा संचालित ‘मेला बजार’ को उद्घाटन गर्नुभएको हो ।
मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री खनालले नेपाली जनता महङ्गीको चपेटमा परेकाबेला सुपथ मूल्यसहितको मेला बजार सर्वसाधारणका लागि निकै उपयोगी हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले दिन दुई गुना र रात चौगुनाको हिसाबले महङ्गी बढिरहेकाबेला जनतालाई सुबिस्ता दिने उद्देस्यसहित खोलिएका पसल र मेलामा आफनो पूर्ण समर्थन रहने बताउनुभयो । उहाँले पवित्र उद्देश्यसहित सेवायुक्त भावनाले अघि बढिरहेका व्यवसायीलाई साथ दिन सबैलाई आग्रह पनि गर्नुभयो ।
नेकपाका वरिष्ठ नेता समेत रहनु भएका नेता खनालले भन्नुभयो, ‘ बडादशैंको समयमा मात्रै नेपालमा २ खर्बको किनमेल हुने गर्दछ । बढ्दो महङ्गी सरकारले पनि नियन्त्रण गर्न सकेको छैन । यस्तोबेला जनताको चाहना अनुसार सुपथ मूल्यसहितको मेला लाग्नु निकै खुशीको कुरा हो । ’
उहाँले सबै उपभोक्तालाई मेला बजारमा आइ बढी भन्दा बढी फाइदा लिन पनि आग्रह गर्नुभयो । मेला संचालकका अनुसार उपभोक्तालाई सर्वसुलभ मूल्यमा स्वदेशी तथा बिदेशी सामानहरु एउटै छातामुनी उपलब्ध गराउने गरी मेला संचालन गरिएको हो । अन्य स्थान भन्दा यो क्षेत्रमा ५० प्रतिशत सस्तोमा सामान उपलब्ध हुने जनाइएको छ । उच्च गुणस्तरीयुक्त सामान, स्वदेशमै निर्मित जुत्ता, चप्पल, सारी, ल्याङ्गा, पुरुष तथा महिलाहह्रुका लागि आवश्यक सामान, चश्मा, कस्मेटिक, बिद्यूतिय सामान, डिलाइट ब्राण्डका म्याट्रेसहरु यहाँ उपलब्ध छन ।
प्रशास्त पार्किङ, नेपाली स्वाद अनुसारका रेष्टुरेन्ट र ब्युटिपार्लरको पनि सुविधा भएकाले सबै क्षेत्र र बर्गका उपभोक्ता आकर्षित हुने बिश्वास संचालकको छ ।



