Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । डेभिड सिल्भाले अन्तिम मिनेटमा गरेको गोलमा म्यानचेस्टर सिटीले  होफिनहेइममाथि २–१ को नतिजा निकालेको छ । सिल्भाले ८७औं मिनेटमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो ।

यससँगै प्रिमियर लिगको साविक विजेता सिटीले च्याम्पियन्स लिगमा पहिलो अंक जोड्न सफल भएको छ । सिल्भाले त्यसअघि सर्जियो अग्विरोले गरेको बराबरी गोलमा पनि महत्वपूर्ण भुमिका खेलेका थिए ।

पहिलो मिनेटमै इशाक बेलफोडिलको गोलबाट घरेलु टोली होफिनहेइमले अग्रता लिएको थियो । पहिलो मिनेटमै पछि परेपछि सिटीले घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा लियोनसँग जस्तै पराजित हुने शंका उत्पन्न भएको थियो । तर त्यसको सात मिनेट नवित्दै लोरी सानेको पासमा अग्विरोले बराबरी गोल फर्काएका थिए । खेल सकिन ३ मिनेट बाँकी छदाँ सिल्भाले गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाए । पहिलो खेलमा सिटी लियोनसँग २–१ ले स्तब्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed