Breaking News.... EverestOnlineKhabar
May 3, 2026

सन्दीप टी टेन क्रिकेट पनि खेल्ने, ३० हजार अमेरिकी डलर पाउने

Loading

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले एक पछि अर्को सफलता हात पार्दै आएका छन्। यसै क्रममा उनले टी टेन क्रिकेट पनि खेल्ने भएका छन्। यो क्रिकेटको सबैभन्दा छोटो फरम्याट हो। यो प्रतियोगिता १० ओभरको हुने छ। सन्दीपलाई डिफेन्डिङ च्याम्पियन केरला किंग्सले अनुबन्धन गरेको हो।

प्रतियोगिता नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म युएईको सारजाह क्रिकेट मैदानमा हुने छ। सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाख (३४ लाख ८३ हजार ) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो। प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पनि मान्यता दिइसकेको छ। टी टेनमा कूल ८ टिमको सहभागिता रहने छ।

केरला किंग्सको कप्तान इयान मोर्गान हुन्। सन्दीप र मोर्गान बाहेक अन्य खेलाडीमा क्रिस गेल, सोयव तनबिर, केइरोन पोलार्ड, पाउल पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान रहेका छन्। सन्दीपले गत सिजन इण्डियन प्रिमियर लिगमा डेल्ली डेयर डेभिल्सबाट खेलेका थिए। त्यसपछि उनले क्यानडा ग्लोबल टी–२० र क्यारेबियन प्रिमियर लिगको अनुभव बटुलिसकेका छन्।  अर्को साता सुरु हुने अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीपले सहभागिता जनाउदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed