Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसका पूर्ब विद्यार्थीहरुको साझा संस्था पद्मकन्या बहुमुखी क्याम्पस एल्मुनाई एशोसिएसनले तीजको अबसरमा क्याम्पसमा तीज बिशेष कार्यक्रम गरेको छ ।

आपसी प्रेम, सदभाव र सम्बन्ध बढाउने उद्दृृेश्यले एशोसियसनले नयाँ पुराना सबै बिद्यार्थीहरुलाई भेला गरी तीज मनाएको हो ।
तीज समारोहमा बोल्दै एशोसियसनकी महासचिव प्रतिमा गौतमले एशोसियसनले महिला हकहीतका पक्षमा काम गरिरहेको जानकारी दिंदै आगामी दिनमा थप उत्तरदायित्व वहन गरी महिलाका पक्षमा सक्रियतापूर्वक काम गर्ने बताउनुभयो । साथै, उहाँले पद्यकन्या क्याम्पस मुलुककै प्रतिष्ठित क्याम्पस भएकाले यसको उन्नती प्रगतीका लागि आफनो संस्था र आफू प्रतिबद्ध भएर लाग्ने बिश्वाससमेत दिलाउनुभयो ।

त्यस अबसरमा क्याम्पस प्रमुख रेनुका जोशीले पछिल्लो समय क्याम्पसमा शुरु गरिएका नयाँ शैक्षिक कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पसकी पहिलो स्ववियू सभापति समेत रहेकी कांग्रेस सांसद मीना पाण्डे, पूर्ब स्ववियू सभापति एबं नेतृ कमला पन्त र एल्मुनाईकी अध्यक्ष समेत रहेकी कांग्रेस नेतृ डीना उपाध्याय लगायतले पनि आ–आफनो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed