Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले धमाधम भारतीय सत्तारुढ दलका नेताहरुलाई धमाधम भेट गर्न थालेपछि नेकपा भित्रै तरंग उठेको छ । दुई देशबीच बिगतमा भएका सहमति कार्यान्वयनका लागि फलोगर्न भारत जान लागेको बताएका दाहालले एकपछि अर्को गर्दै रहस्यात्मक भेट गर्न थालेपछि प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढ दलकै नेताहरु सशंकित भएका हुन ।

दाहालले शनिवार भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसंग भेट गर्नुभएको छ । भेटमा नेपालको राजनीतिक अवस्था, भारतीय चासो र अबको सम्भावित अवस्थाबारे छलफल हुनुले दाहालको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेट्ने कार्यक्रम छ । नेपालमा आफनो राजनीतिक तथा आर्थिक स्वार्थ पूरा गर्न भारतले जस्तोसुकै हत्कण्डा अपनाउन सक्ने भएकाले यसपटक पनि भारतले कुनै न कुनै चाल चलेको हुनसक्ने बिश्लेषण गरिएको छ ।
दाहाल भारतबाट फर्किए लगत्तै चीन जानुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed