Breaking News.... EverestOnlineKhabar
May 2, 2026

राहुल गान्धीको मानसरोवर यात्रा विवादपछि हिसाब सार्वजनिक

Loading

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको कैलाश मानसरोवर यात्राबारे पाइला–पाइलाको हिसाब सार्वजनिक गरिएको छ । भारतीय राष्ट्रिय कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट राहुल गान्धीको कैलाश मानसरोवर यात्राको विवरण सार्वजनिक गरिएको हो ।

भारतमा कतिपयले गान्धीको यो यात्रालाई चीनसँग उनको निकटताका रुपमा व्याख्या गरेका छन् । उनी काठमाडौंबाट विमानमा तिब्बत पुगेर चिनियाँ हेलिकोप्टर प्रयोग गरी मानसरोवर पुगेको दावी गर्नेहरु पनि कम छैनन् । कतिपयले उनको यो यात्रालाई हिन्दु मतदाता लोभ्याउन तयार पारिएको एक नाटक पनि भनिरहेका छन् ।

उनको यात्राबारे यस्ता अनेक चर्चा र टिप्पणी हुन थालेपछि भारतीय राष्ट्रिय कांग्रेस पार्टीले गान्धीको यात्रासम्बन्धी विवरण सार्वजनिक गरेको हो । गान्धी सो पार्टीका अध्यक्षसमेत हुन् ।

भारतीय राष्ट्रिय कांग्रेस पार्टीले कैलाश पर्वतको पृष्ठभूमिसहितको गान्धीको तस्वीर पनि ट्विट गरेको छ । साथै ‘फिटबिट एप’ मार्फत संग्रहित तथ्यांकको ‘स्क्रिन सट’ पनि ट्विटरमार्फत सार्वजनिक गरिएको छ । जसमा गान्धीले ४६३ मिनेटमा ३४.३१ किलोमिटर पैदल हिँडेको तथ्यांक राखिएको छ । उनले कुल ४६ हजार ४३३ कदम पैदल हिँडेको डाटा पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed