Breaking News.... EverestOnlineKhabar
May 2, 2026

जापानी खेलाडी निशिकोरी युएस ओपन टेनिसको सेमिफाइनलमा

Loading

एजेन्सी । जापानका टेनिस खेलाडी केई निशिकोरी अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा क्रोएसियाका मारिन सिलिचलाई पाखा लगाउँदै निशिकोरी अन्तिम चारमा पुगेका हुन् ।

न्यूयोर्कको चर्को गर्मीमा ४ घण्टा ८ मिनेट चलेको खेल निशिकोरीले ३–२ को सेटमा जिते । पहिलो सेट २–६ ले गुमाएका सिलिचले यसपछिका सेट ६–४, ७–६, ४–६ र ६–४ ले जिते ।

निशिकोरीको यो जितसँगै युएस ओपन टेनिसको आधुनिक ईतिहासमा पहिलो पटक जापानका दुई खेलाडीले पुरुष र महिला एकलको सेमिफाइनल खेल्ने भएका छन् ।

जापानकी खेलाडी नाओमी ओसाका युएस ओपन महिला एकलको सेमिफाइनलमा प्रवेश गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed