![]()
भक्तपुर । मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखला खतिवडाले चीनको सान्यामा हुने मिस वर्ल्ड प्रतियोगितामा भक्तपुरको गाईजात्राको क्लिप पनि लाने भएकी छिन् । चीनको सान्यामा डिसेम्वर ८ (मंसिर २२ गते शनिबार) मा हुने मिस वर्ल्ड प्रतियोगितामा उनले गाईजात्राको क्लिप्स लैजाने भएकी हुन्।
यसअघि नै उनले मकवानपुरको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी त्यसको वृतचित्र लाने योजना बनाइसकेकी थिइन् । व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराकासाथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरूले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् ।
प्रतियोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरूले आआफनो उद्देश्य ल्याउने गर्दछन् । यो वर्ष हुने प्रतियोगितामा विश्वभरका १ सय २० वटा देशका सुन्दरीले सहभागिता जनाउने छन्।


