Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको नाजेरियाली सेनाले जनाएको छ । सेनाले उपलब्ध गराएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको थियो।

‘सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकका थप १८ शवलाई जंगलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको संख्या ४८ पुगेको जनाइएको छ।  नाइजेरियाको उत्तरी क्षेत्रमा बलियो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो संख्यामा सैनिक अधिकारी मारिएका हुन्।

सयौंको संख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed