काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले विम्स्टेक वैठकमा भएको बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने निर्णयबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा नेता रावलले संविधानको मर्मविपरीत र राष्ट्र हित विपरीत बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ती गरेको दाबी गरेका छन् ।
सरकारले राष्ट्रहितमा पनि असर पार्ने खालेको यो निर्णय विना छलफल हतारमा निर्णय गरेको नेता रावलले दावी गरे । ‘सरकारले यस्तो राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठाहतमा किन निर्णय गर्यो ? सरकार र सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्छ’ उनले भने ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भए पनि त्यसको सदुपयोग गर्न नसकेको बताए ।