![]()
काठमाडौं । प्रदेश नम्बर–७ र कर्णाली प्रदेशको महान् चाड गौरापर्व काठमाडौं उपत्यकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा राजधानीमा बस्दै आएका त्यस क्षेत्रका वासिन्दाहरुको सहभागिता थियो ।
उनीहरुले गौरापर्वलाई ऐतिहासिक मौलिक पर्वकारुपमा मान्ने गरेका छन् । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भदौ महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।
गौरापूजा गर्न कुश, काँस, सामा, तीतेपाती र अपामार्गजस्ता वनस्पतिको प्रयोग गरिन्छ । कार्यक्रममा गौरानाच, देउडानाचलगायतका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरिएको थियो ।


