![]()
एजेन्सी ।विश्वव्यापी ब्राण्ड एप्पलको एक चालकविहीन कार दुर्घटनामा परेको छ। अमेरिकी राज्य क्लालिफोर्नियाको बाटोमा यात्रु बोकेको कार दुर्घटनामा परेको हो।
कारमा केही क्षति पुगेपनि यात्रुलाई कुनै किसिमको चोट नलागेको जनाइएको छ । चालकविहीन कार आइफोन उत्पादक एप्पलको महत्वकाँक्षी योजना थियो। सेन्सर जडित कार गत २४ अगष्टमा दुर्घटनामा परेपनि एप्पले त्यसबारे केही प्रतिक्रिया जनाएको छैन।
टेक्नोलोजिमा नयाँ फड्को मार्न एप्पलले चालकविहीन कारको अवधारणा ल्याएको बुझिएको छ। एप्पलसँग अहिले ६६ त्यस्ता कार भएको बुझिएको छ।


