Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कञ्चनपुरमा निर्मलाको घरमा पुगेपछि मन्त्री मगर भावबिह्वल, जति शक्तिशाली भएपनि अपराधीलाई कारवाही गर्ने प्रतिबद्धता

Loading

कन्चनपुर। खानेपानी मन्त्री बीना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारसँग  भेट गरेकी छन् । कन्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित घर पुगेर उनले पीडित परिवारसँग भेट गरेकी हुन् । उनले घटनाको अनुसन्धानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बचन पनि दिएकी छन् ।

कन्चनपुर पुगेर मन्त्री मगरले स्थानीय प्रशासनसँगसमेत १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्याको घटनाकाबारेमा भइरहेको अनुसन्धानलगायत विषयमा जानकारी लिएकी थिइन् । निर्मलाका आफन्तसँगको भेटमा मन्त्री मगरले सरकारले घटनाको छिट्टै अनुसन्धान गरी अपराधी कुनैपनि हालतमा उम्कन नदिने बताइन् ।

घटनाको एक महिनासम्म हत्यारा पत्ता नलाग्नुमा कुनै शक्तिको चलखेल भएको हुनेसक्ने निर्मलाका आफन्तले आशंका गर्दा मन्त्री मगरले अपराधी जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा ल्याइने बताइन् । उनले शनिबारै निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन गरिएको प्रदर्शनकाक्रममा मारिएका सन्नी खुनाका आफन्तसँग पनि भेट गरेकी छन् ।

मन्त्री मगरसँगै प्रतिनिधिसभाका सांसद डा. दीपकप्रकाश भट्ट, निरु पाल र प्रदेश सांसद प्रकाश रावल तथा मानबहादुर सुनार पनि त्यहाँ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed