Breaking News.... EverestOnlineKhabar
March 15, 2026

के छ निर्बाचन आयोगको कार्यतालिका ?

Loading

काठमाडौं, बैशाख १९ । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकाहरुको नामावली आजै प्रकाशन गर्ने भएको छ ।
उम्मेदवारी दर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।

दर्ता भएका उम्मेदवारकाबारे कुनै गुनासो भए भोलि(बुधबार) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।

भोलि नै निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र जाँच गर्ने कार्य तालिका छ । यस्तै बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

नाम फिर्ता लिन चाहने उम्मेदवारले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म नाम फिर्ता गर्न सक्नेछन् ।

यही वैशाख ३१ गते हुने चुनावका लागि २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.