Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सरकार चुनावी नाराबाट भाग्दै, श्वेतपत्र निराशाजनक : कांग्रेस

Loading

काठमाडौं । नेपाली कांग्रेसले सरकार आफनै चुनावी एजेण्डाबाट भागेर निराशाजनक कुरा गर्न थालेकोमा आपत्ती जनाएको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता बिश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले असंगतिपूर्ण तथ्यांकहरु र निराशाजनक विवरण राखेर बाम गठबन्धनको सरकारले जारी गरेको श्वेतपत्र उचित नभएको टिप्पणी गर्नुभयो । उहाँहरुले भन्नुभयो, ‘ यो श्वेतपत्र होइन, लालपत्र हो ।’

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सकारात्मक आँकडामा आँखा चिम्लेर श्वेतपत्र आएको र सरकार चुनावी बाचाबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।

“अर्थतन्त्रका कमजोरी टिपोट गर्दैगर्दा त्यसमा भएका सकारात्मक पाटोहरुलाई नागरिक पंक्तिमा राखेर नागरिकमा नवीन आशा भर्ने दिशामा लगेर नवीन सपना देखाउको सट्टा सरकारले जनतामा निराशा भर्यो । निजी क्षेत्रलाई श्वेतपत्रले बेवास्ता गरेको छ, निजी क्षेत्रलाई हतोत्साहित गर्ने कदमप्रति कांग्रेसको बिमति छ,” शर्माले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed