![]()
बीबीसी । हङ्गेरीमा भएको आम निर्वाचनमा पुनः सत्तारुढ दल नै बिजयी भएको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका छन्।
निर्वाचनमा खसेको कुल खसेको मतमा गणना गरिएको ८१ प्रतिशत मत मध्ये ४९.४२ प्रतिशत मत सत्तारुढ गठबन्धनले पाएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ। पूर्व प्रजातन्त्रवादी पार्टी जोब्बिक पार्टीले कुल २० प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा छ । तेस्रो स्थानमा एमएसजेडपीपी सोसोलिष्ट डाइलग पार्टीले १२.१३ प्रतिशत मत प्राप्त गरेको छ।
त्यस्तै ६.६९ प्रतिशत मतका साथ ग्रिन इको एलएमपी र ५.४५ प्रतिशत मत ल्याएर लेफ्ट लिवरल डीके डेमोक्रयाटिक कोलिसन पनि संसदमा उपस्थित भएका छन्।
पछिल्लो विवरण अनुसार संसदको १९९ सिट मध्ये १३४ सिटमा फिडेज नेतृत्वको गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। यसअघि सन् २०१४ र २०१० को भन्दा बढी मत अहिले आएको छ।
सन् २०१४ मा भएको आम निर्वाचनमा सो गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो।


