![]()
एजेन्सी । इन्डियन प्रिमियर लीग (आईपीएल) अन्तर्गत कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई चार विकेटले पराजित गरेको छ ।
टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । जवाफमा कोलकाताले ७ बल बाँकी छँदै १७७ रनको लक्ष्य पूरा र्गयो । त्यसअघि बैंगलोरका लागि एवी डिभिलिर्सले ४४ र ब्रान्डन म्याकुलमले ४३ रनको योगदान गरेका थिए । यस्तै कप्तान विराट कोहलीले ३१ र मन्दिप सिंहले ३७ रन बनाए । अन्यले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।
बलिङतर्फ कोलकाताका नितेश राना र विनय कुमारले दुई÷दुई विकेट लिए । पियुस चावला, सुनिल नरायन र मिचेल जोन्सनले एक÷एक विकेट लिए ।
कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा र्गयो । कोलकाताको जितमा सुनिल नारायनले अर्धशतकको योगदान गरे । उनी म्यान अफ दी म्याच भए । १९ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरेका थिए ।


