Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बिदा कटौतीको बिरोधमा आदिवासी जनजाति महासंघद्वारा आन्दोलनको घोषणा

Loading

काठमाडौं । आदिवासी जनजाति महासंघले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
महासंघले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

महासंघका अध्यक्ष जगत बरामले ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक पर्वका सार्वजनिक विदा कटौती गरिएकोमा आपत्ती जनाउनुभयो । आन्दोलनका कार्यक्रम अनुसार चैत २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन, धर्ना दिने लगायत छन् ।

महासंघले सडक विस्तारको नाममा आफूहरुको सांस्कृतिक सम्पदामाथि अतिक्रमण नरोके प्रतिवादमा उत्रने चेतावनीसमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed