![]()
एजेन्सी । हरिणको शिकार गरेको २० बर्ष पुरानो मुद्दामा तनाव बेहोरेर हालै जेलमुक्त भएका भारतीय स्टार सलमान खान जेठ १२ गते नेपाल आउने भएका छन । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको माओवादीको धम्कीका कारण अघिल्लो महिना स्थगित भएको सलमान खानको भ्रमण आउँदो जेठ १२ हुन लागेको हो ।
नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।
पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।
गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो ।


