Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारतमा नदीमा खसेर बस दुर्घटना, ३६ जनाको मृत्यु

Loading

कोलकाता,माघ ।
भारतको पश्चिम बंगालमा एउटा बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको छ । पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सिदावाद हुँदै नाडियातर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो ।
बसमा ५० जना यात्रु सवार रहेको बताइएको छ । चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु ६ जना पौडिएर बाहिर निस्केका थिए । घाइतेहरुलाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed