Breaking News.... EverestOnlineKhabar
May 1, 2026

एफए कपः पाँचौं चरणको खेल तालिका सार्वजनिक

Loading

एजेन्सी,माघ ।
प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको पाचौं चरणमा लिग वानको शीर्ष स्थानमा अवस्थित विगानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
यी दुई टोली सन् २०१३ को एफए कप फाइनलमा आमने सामने भएका थिए । जहाँ विगानले सिटीलाई १–० ले हराउँदै उपाधि जितेको थियो ।
सोमबार राति सार्वजनिक खेल तालिकामा अर्को टोली म्यान्चेस्टर युनाइडेडले भने प्रमियर लिगकै टोली हर्डर्सफिल्ड अर्थात च्याम्पियनसीप टोली बर्मिंघमसँग खेल्नेछ । गएको संस्करणको फाइनलमा आर्सनलसँग पराजित भएको चेल्सीले यस संस्करणको पाँचौं चरणमा हल सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
एफए कपका पाँचौं चरणका खेलहरु फेब्रुअरीको तेस्रो साताको अन्तमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed