Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दुई प्रभावशाली नेता झक्‍कु र लेखनाथले राजीनामा दिएपछि अध्यक्ष दाहाल तनावमा…..

Loading

काठमाडौ,माघ ।
नेकपा माओवादी केन्द्रका दुई चर्चित तथा प्रभावशाली नेताले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन् । प्रदेश नम्बर ३ का संयोजक समेत रहेका नेता झक्कु सुवेदीले राजीनामा पत्र केन्द्रीय कार्यालयमा पेश गरेका छन् । त्यसैगरी काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले पनि राजिनामा दिएका छन् । सुवेदी र न्यौपानले एक महिना पहिले नै राजिनामा दिइसकेको स्रोतको भनाई छ । सुवेदी स्थायी समिति सदस्य हुन् भने न्यौपाने पोलिट्‍ब्यूरो सदस्य ।
माओवादी केन्द्र स्रोतले भने प्रतिनिधि र प्रदेशसभामा पार्टीले खराब परिणाम ल्याएको भन्दै दुबै नेताले नैतिक रुपमा जिम्मा लिँदै राजनामा दिएको दावी गरेको छ । यसबारे माओवादी केन्द्रले आधारिक रुपमा केही बताएको छैन । पार्टी अध्यक्षले प्रचण्डले नै राजिनामालाई सार्वजनिक नगर्न भनेपछि गुपचुपमै राखिएको छ ।
तर यथार्थमा एमालेसँगको एकताप्रति दुबै नेताहरुले फरक मत राख्दै आएका छन् । केही दिन पहिले पार्टीकै एउटा कार्यक्रममा इन्चार्ज न्यौपानेले माओवादी केन्द्र एमालेमा विलय हुन लागेको तर त्यो भन्न नमिल्ने भएका कारण आफू चुप लागेको बताएका थिए । संयोजक सुवेदी पनि एमालेसंगको एकता प्रक्रियाप्रति खासै सन्तुष्ट छैनन् ।
संयोजक सुवेदी पहिलो संविधान सभामा एमाले नेता माधव कुमार नेपाललाई हराएर चर्चामा आएका थिए भने न्यौपानले लामो समय अखिल क्रान्तिकारीको शसक्त नेतृत्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed