![]()
एजेन्सी । दीपिका पादुकोणको फिल्म ‘पद्यावत’ अहिले संसारभर प्रदर्शनमा छ । तर, त्यो चर्चालाई ओझेल पार्ने अर्को प्रसंग छ । त्यो हो, कट्रिनासँगको उनको दुश्मनी । दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने सार्वजनिक टिप्पणी गरेपछि यतिबेला उनीहरुवीचको दुश्मनीले बलिउड तातेको छ ।
दीपिका र रणवीर सिंह प्रेम सम्बन्धमा रहेको र उनीहरुले यसै बर्ष बिवाह गर्ने चर्चा छ । यसै मेसोमा अन्र्तवार्ता दिँदै दीपिकाले भनेकी छिन, ‘म आफ्नो बिहेमा कट्रिना कैफलाई निम्तो गर्ने छैन ।’
उनीहरुबीच दुरी बढाउने काम भने अर्का रणवीरले गरेका हुन् । रणवीर कपुरका विषयलाई लिएर यी दुई अभिनेत्रीको सम्बन्ध चिरा परेको थियो । तर, अहिले रणवीरसँग न दीपिका छिन, न कट्रिना नै । त्यसैले यी अभिनेत्रीवीचको खटपट मत्थर भएको अनुमान गरिएको थियो । तर, त्यस्तो होइन रहेछ । हालै दीपिकाले आफुभित्रको कुण्ठा पोख्दै कैटलाई बिहेमा नबोलाउने कुरा खोलिकी हुन ।
उनले अर्को अन्र्तवार्तामा भनेकी छिन, ‘मलाई कट्रिनाको पर्सनालिटी र काम गर्ने तरिका एकदम मनपर्छ । उनले मसँग दुश्मनी मोलेकी छन भन्दैमा उनी समग्रमा खराब भन्नु उचित होइन ।’
यतिबेला दीपिका आफ्नो फिल्म पद्यावतको सफलतासँगै खुसी मनाइरहेकी छिन् ।


