Breaking News.... EverestOnlineKhabar
May 4, 2026

बामगठवन्धनलाई सफल बनाउन बिद्यार्थी संगठन ‘वाचडग’को भूमिकामा : गौतम

Loading

काठमाडौं । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले बामगठवन्धनबिरुद्ध बिदेशी शक्तिहरु क्रियाशिल रहेकाले त्यसलाई असफल पार्न बिद्यार्थी संगठनहरु सक्रिय हुनुपर्ने जनाएको छ ।

कान्तिपुर ईन्जिनियरिंग कलेजको छैठौं सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले झण्डै दुई तिहाई नजिक पुगेको बाम जनमतबाट अत्तालिएका शक्तिहरु बमगठवन्धनलाई फुटाइ अराजकता मच्चाउने षडयन्त्रमा लागेको दाबी गरे । उनले सबै प्रकारका षडयन्त्रलाई परास्त गर्न युवा बिद्यार्थीहरुले ‘वाचडग’ को भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

गौतमले भने मुलुक र जनताका लागि एमाले र माओवादीबीचको गठवन्धन कोशेढुंगा सावित हुने जिकीर गरे । उपाध्यक्ष गौतमले अबको बिद्यार्थी आन्दोलनलाई रचनात्मक दिशामा लैजानुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसि, सचिव अच्युत भट्ट, केन्द्रीय सदस्य बलु केसि लगायतको सहभागिता रहेको थियो।

सम्मेलनले सरोज बुढाथोकीको नेतृत्वमा ३९ सदस्यीय समिति निर्वा्चित गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed