![]()
काठमाडौं । रुस्लान थ्री स्टार क्लबले चिरपरिचित प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मदन भण्डारी इटहरी गोल्डकपको उपाधि जितेको छ। शनिवार इटहरीमा भएको खेलमा थ्री स्टारले मनाङलाई १–० ले पराजित गरेको हो।
थ्री स्टारलाई च्याम्पियन बनाउने खेलको एक मात्र गोल पहिलो हाफमा बुद्ध चेम्जोङले गरे। १४ वर्षपछि फुटबलमा पुनरागमन गर्दै दुई साता अघि खप्तड गोल्डकप खेलेको थ्री स्टार क्वाटरफाइनलबाटै बाहिरिएको थियो।
सिजनको दोस्रो नकआउट टुर्नामेन्टमा भने थ्री स्टारले राम्रो प्रदर्शन गर्दै उपाधि जितेको हो। उपाधिसँगै थ्री स्टारले मोफसलको सर्वा्धिक नगद पुरस्कार राशी १२ लाख समेत हात पारेको छ।


