Breaking News.... EverestOnlineKhabar
May 4, 2026

Loading

चिनवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बर्तमान सरकारले गरेका दीर्घकालिन असर पार्ने निर्णयहरु नयाँ सरकारले उल्टाउने बताएका छन् ।

शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारले गरेका निर्णयहरु औचित्यका आधारमा फेर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘जनमत अनुसारको सरकार बनेपछि गर्नुपर्ने कामहरु पनि कामचलाउ सरकारले गरेको छ, कामचलाउ सरकारले सिमा बाहिर पुगी गरेका निर्णयहरु उल्टाइन्छ । ’

अध्यक्ष दाहालले बामगठबन्धनको सरकार बनेपछि मधेसी दलहरु पनि सरकारमा सहभागी हुने दाबी गरे । मधेसी दलले उठाउदै आएको संविधान संशोधनको माग बारे पनि समझदारी बन्ने सम्भावना रहेको उनले बताए ।

अध्यक्ष दाहालले सरकार गठन अघि नै पार्टी एकता हुने दाबी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed