![]()
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि आफनो पार्टी तयार रहेको बताउनु भएको छ ।
अखिल नेपाल महिला संघले स्थानीय तह र प्रदेशसभामा निर्वा्चित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुद्दाका आधारमा संविधान संशोधन गर्न वाम गठबन्धन तयार रहेको बताउनुभयो । उहाँले सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन सकिने जानकारी पनि दिनुभयो ।
एमालेले प्रदेश नं २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढे पनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने तर्क गर्नुभयो । पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कार्य्विभाजन गरिने उहाँले बताउनुभयो ।


